पोखरा: जलिरहेका क्षेत्रीलाई बचाउँदा आफै जलिन् सापकोटा
पाेखरा | माघ १५, २०७९
पोखराः पोखरामा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कास्कीको मादी गाउँपालिका ४ घर भएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
पोखरामा १३ मा संगीता सापकोटाको घरमा बस्दै आएका क्षेत्रीले बाथरुम भित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेका कँडेललाई बचाउने क्रममा घरधनी सापकोटाकाे शरिरका केही भाग जलेकाे छ ।
जलेर घाइते दुबैकाे अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सघन कक्षमा उपचार भइरहेको छ । आत्महादको प्रयास गरेका क्षेत्रीले पोखरामा पुस्तक पसल सञ्चालन गर्दै आएको स्रोतले बताएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

